स्थानीय तहको मोवाइल एप

स्थानीय तहका नागरिकलाई प्रदान गरिने सेवा लगायत सूचना एवं जानकारी सहित ७५३ वटै स्थानीय तहका लागि प्रयोग हुने एकीकृत मोवाइल एप यस विभागद्वारा निर्माण गरी मिति २०७५/०४/१८ मा सम्माननीय प्रधानमन्त्रीज्यूबाट शुभारम्भ भई सञ्चालनमा रहेको छ। यस एप मार्फत नागरिकले सम्बन्धित स्थानीय तहद्वारा प्रदान गरिने सेवाहरु, कार्यक्रम तथा परियोजना, ऐन नियम, वडाहरुको विवरण, महत्वपूर्ण स्थानहरु, आपतकालिन नम्बर, सुझाव तथा गुनासो पेश गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दोहोरो सम्वाद लगायत अन्य सूचना तथा जानकारी सजिलै पाप्त गर्न सक्नेछन, यस मोवाइल एपको माध्यमबाट स्थानीय तहमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका रहनेछ।यस विभागद्वारा एउटै एपबाट सम्पूर्ण स्थानीय तहको फरक पहिचान हुने गरी तयार गरिएको मोबाइल एप Android प्रयोगकर्ताहरुले Play Store र IOS प्रयोगकर्ताले App Store बाट स्थानीय तहको एप (Local level) नामबाट खोजी प्राप्त गर्न सक्नेछन। यस सेवा सम्बन्धी थप जानकारीको लागि विभागमा सम्पर्क गर्नुहोला ।