सरकारी निकायमा कार्यरत कर्मचारीहरुको हाजिरी, विदा तथा सो सँग सम्बन्धित प्रतिवेदनहरु केन्द्रिकृत रुपमा व्यवस्थापन गर्न सूचना प्रविधि विभागद्वारा विकास गरिएको केन्द्रिकृत विद्युतीय हाजिरी प्रणाली मिति २०७१/१२/०२ गते बसेको सचिबस्तरीय बैठकमा श्रीमान् मुख्य सचिवज्यूबाट निर्देशन भए अनुरुप प्रयोगमा ल्याइएको छ।
यस प्रणालीमा संघ र प्रदेशका मन्त्रालयहरु, स्थानिय तह लगायत विभिन्न सरकारी निकायहरु यस प्रणालीमा आबद्ध भई सेवा लिईरहेका छन्।
हालसम्म १२९२ वटा विभिन्न सरकारी निकायहरुका जम्मा २२३२३ जना कर्मचारीहरु आबद्ध रहेका छन्।