सुरक्षा अडिट

सूचना प्रविधि प्रणालीको सुरक्षा गर्न संस्थागत संरचना निर्माण एवं क्षमता अभिबृद्धि गर्दै उपलब्ध विधि, प्रविधि र जनशक्तिको संयोजनबाट सूचना प्रविधि प्रणालीमा हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न र विद्युतीय माध्यमबाट सरकारी कार्य सञ्चालन तथा सेवा प्रवाह गर्न आवश्यक सूचना प्रविधि प्रणालीको संरचनामा रहेका सुरक्षा जोखिमहरु पहिचान, जोखिमहरुको क्षति कम गर्न र भविष्यमा त्यस्ता सूचना प्रविधि प्रणालीहरुको सुरक्षा व्यवस्था गर्न सूचना प्रविधि विभागले अनुरोधको आधारमा सरकारी निकयहरुको सुरक्षा अडिट कार्य गर्ने गरेको छ ।