वि.सं:
नेपाल संवत: ११४६ कछलागा तृतीया - १८
१३ कात्तिक, २०८१
श्रीमान् मुख्यसचिवज्यूको संयोजकत्वमा मिति २०८१/७/५ गते बसेको सचिव बैठकबाट सूचना प्रविधि विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा विकास गरी प्रयोगमा ल्याईएको एकिकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्ने निर्णय बमोजिम सबै सरकारी निकायहरुले यसै एकिकृत वेबसाइट व्यवस्थापन प्रणाली प्रयोग गरी आ-आफ्नो वेबसाइट व्यवस्थापन गर्नुहुन सबैमा अनुरोध गरिन्छ। यस प्रणाली सम्बन्धी थप जानकारी सूचना प्रविधि विभागको वेबसाइट (www.doit.gov.np) बाट प्राप्त गर्न सकिन्छ। साथै, यस प्रणाली सम्बन्धी अन्य प्राविधिक सहयोग एवं जानकारीका लागि सूचना प्रविधि विभागको नं. ०१-४११२३३४ मा समेत सम्पर्क गर्न सकिन्छ।
सूचना प्रविधि विभाग
तिनकुने, काठमाण्डौ।
२०८१/७/७