ई-स्कूल

ई-भिलेज एवं ई-स्कुल कार्यक्रमलाई सफ्टवयर को प्रयोग गरी व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि विभागवाट विकास गरिएको Web-based e-School and e-Village Management Information System Government Cloud मा Host भई सञ्चालनमा रहेको छ । उक्त सिस्टमबाट केन्द्रहरुले आफ्नो User ID बनाई अनलाईन कम्यूनिकेशन गर्ने, प्रगति विवरण पठाउने, डिजिटल कन्टेण्टहरु डाउनलोड गर्ने तथा विद्यालयमा कार्यरत शिक्षकहरुको रेकर्ड राख्ने, विद्यार्थीहरुको रेकर्ड राख्ने, भर्ना गर्ने, परिक्षा लिने, नतिजा प्रकाशित गर्ने लगायतका सबै दैनिक कार्यहरु सञ्चालन गर्न सक्छन् । गत आ.व.मा विभागले CAN महासँघ, जिल्ला शाखाहरुसँग समन्वय गरी विभिन्न जिल्लाका १५ जना कम्प्यूटर शिक्षक एवं कम्प्यूटर प्राविधिकहरुलाई केन्द्रमा वोलाई Training for Trainer (TOT) प्रदान गरेको र तालीम लिईसकेपछि प्रत्येकले आफ्नो जिल्लाका ५/५ वटा स्कुलहरुमा सिस्टम लागू गर्ने गरी सम्झौता समेत गरिएको छ । चालू आ.व.मा पनि यस कार्यक्रमलाई थप विस्तार गर्दै लगिने छ ।