विद्युतीय माध्यमवाट सरकारी कार्य संचालन तथा प्रवर्द्धन गर्न आवश्यक सूचना प्रविधि प्रणालीको संरचनामा एकरुपता कायम गर्न, मानकीकरण गर्न, त्यस्तो संरचनामा रहेको एक निकायको सूचना र सेवामा अन्य सरकारी निकायको सूचना प्रविधि प्रणालीले आवश्यकता अनुसार पहुँच पुर्याई प्रयोग गर्न सक्ने प्रवन्ध गर्न र तत्सम्बन्धमा अन्य आवश्यक व्यवस्था गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति 2071/11/10 मा स्वीकृत सूचना प्रविधि प्रणाली (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका, २०७१ मा Government Enterprise Architecture लाई मानकको रुपमा परिभाषित गरिएको छ।
सरकारको सूचना प्रविधि प्रणाली (व्यवस्थापन तथा संचालन) निर्देशिका, २०७१ वमोजिम Government Enterprise Architecture / मानक निर्धारणका मार्गदर्शक सिद्धान्तहरु निम्न बमोजिमको रहेको छ :
- सूचना प्रविधि प्रणालीहरुको निर्माण गर्दा नागरिकको आवश्यकता अनुसारका महत्वपूर्ण र संबेदनशील सेवाहरुको पहिचान गरि त्यस्ता सेवाहरु छिटो, छरितो, सुलभ, गुणस्तरीय तथा प्रभावकारी हुने गरि गरिनेछ ׀
- एक निकायमा संचालनमा रहेको सूचना प्रविधि प्रणालीको सेवा अर्को निकायको समान खालका सूचना प्रविधि प्रणालीले समेत उपयोग गर्न सकिनेगरी निर्माण गरिनेछ ׀
- सूचना प्रविधि प्रणालीहरुमा रहेको सूचना तथा तथ्याङ्कहरु राष्ट्रिय सम्पतिको रुपमा रहने र त्यस्ता सूचना तथा तथ्याङ्कहरु सम्बन्धितसरकारी निकायको स्वामित्व तथा नियन्त्रणमा रहने व्यवस्था गरिनेछ ׀
- सरकारी निकायका सूचनाहरु केन्द्रिकृत, नियन्त्रित र उपयुक्त संगठनात्मक स्तरमा व्यवस्थित गरि अन्य सकारी निकायहरुलाई समेत आवश्कता अनुसार साझा रुपमा उपलब्ध गराउन सकिने र आफु संग सम्बन्धित कार्य गर्न आवश्यक पर्ने सूचनाहरुमा मात्र प्रयोगकर्ताको पहुँच हुने सुचनाहरुमा मात्र प्रयोगकर्ताको पहुँच हुने व्यवस्था गरिनेछ ׀
- सूचना प्रविधि प्रणालीहरुको जोखिम विश्लेषण र जोखिम व्यवस्थापन क्षमताको आधारमा उचित सुरक्षा नियन्त्रणका उपायहरु कार्यान्वयन गरिने र व्यावहारिक कठिनाई तथा सुरक्षा अपवाद Security Exception) कम गर्न सहयोग पुग्नेगरी सुरक्षा नियन्त्रणका उपायहरु यथासम्भव सम्पूर्ण सरकारी निकायहरुमा समान रुपमा लागु गर्न सकिने खालको हुनेछन् ׀
- कुनै व्यक्तिगत व्यावसायिक वा सरकारी सूचनाहरुको गोपनियता (Privacy and Confidentiality) कुनै पनितवरले भंग नहुने गरि सूचना प्रविधि प्रणालीको निर्माण गरिनेछ ׀
- सबै प्रयोगकर्ताहरुले सजिलै बझ्न सक्ने, सबैलाई उपलब्धता गराउन सकिने र अन्तरसंचालन (Interoperability) सुनिश्चित गर्ने गरि सूचना र सूचनाको सूचकको मानकलाई परिभाषित गरिनेछ ׀
- सूचना प्रविधि प्रणालीहरु (Service Oriented Architecture SOA) मा आधारीत रही स्थापित खुला मानक (Open Standard)अनुरुप तथा स्पष्ट परिभाषित भूमिका र जिम्मेवारीको आधारमा अन्तरआवद्धता र अन्तरसंचालन (Interoperability) सुनिचत हुने गरि विकास गरिनेछ ׀
नेपाल सरकारको सूचना प्रविधि प्रणाली (व्यवस्थापन तथा संचालन) निर्देशिका, २०७१ बमोजिम Government Enterprise Architecture को कार्यान्वयन गर्न यस विभागद्वारा निर्माण भई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०७७/४/३० को (मन्त्रीस्तरीय) निर्णयबाट स्वीकृत भएका GEA/मानक सम्बन्धि कागजात: