सरकारी क्लाउड

सरकारी निकायका सूचना प्रविधि प्रणालीहरु सुरक्षित तवरले कम लागतमा साझा पूर्वाधार मार्फत सञ्चालनमा ल्याउन क्लाउड कम्प्यूटिङ्ग प्रयोग गर्ने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र तत्कालिन विज्ञान तथा प्रविधि मन्त्रालयको सहमतिमा आ.व. २०७१/७२ बाट सरकारी क्लाउडको सुरुवात भएको हो।

सरकारी निकायले विकास गरेका सूचना प्रविधि प्रणालीहरु सञ्चालन गर्न यस विभागद्वारा तयार गरिएको हार्डवेयर तथा सफ्टवेयर सम्मिलित साझा पूर्वाधार नै सरकारी क्लाउड हो।सरकारी निकायहरुले आ-आफ्नो प्रणाली फरक फरक पूर्वाधार मार्फत सञ्चालन गर्दा जनशक्ती, व्यवस्थापन र पूर्वाधारको लागत बढ्ने हुँदा सोको न्युनतम लागतमा उच्चतम प्रयोगको लागि सरकारी क्लाउडको साझा पूर्वाधार निर्माणको अवधारणा ल्याइएको हो।

नेपाल सरकारका निकायहरुलाई वेवसाइट तथा वेव एप्लिकेशनहरु सर्भरमा होस्ट गरी सञ्चालन गर्न, महत्वपूर्ण तथ्याङ्क भण्डारण तथा व्याकअप गर्न लगायत सूचना प्रविधि सम्बन्धी प्रणाली सञ्चालन गर्न आवश्यक पूर्वाधारहरु प्रदान गरिन्छ । यस प्रविधि मार्फत सर्भर, स्टोरेज, नेटवर्क डिभाइस, सेक्युरिटी डिभाइस लगायत कम्प्यूटर उपकरणहरु जडान गरी तयार गरिएको साझा प्ल्याटफर्मबाट नि:शुल्क भर्चुअल कम्प्यूटर उपकरणको रुपमा CPU, RAM, Storage, Public IP लगायत रिसोर्स उपलब्ध गराइन्छ।

उद्देश्यः

सरकारी क्लाउड सेवा लिने प्रकृया सम्बन्धमा यस वेवसाइटमा उपलव्ध विभागले तोकेको अनुरोध पत्र र Administrator Form भरी विभागमा सम्पर्क गर्नुपर्नेछ ।