नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८३।०३।३२ को निर्णयबाट यस अघि वि.सं. २०६९ जेठ ११ गतेको मन्त्रीपरिषद्को निर्णयबाट गठन भई सञ्चालनमा रहेको साविक सूचना प्रविधि विभागलाई खारेज गरी सूचना प्रविधि तथा विद्युतीय शासन सम्बन्धी केन्द्रीय निकायको रूपमा कार्य गर्नेगरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत रहने सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय (Information Technology and Digital Governance Office) को स्थापना भएको हो।

डिजिटल रुपान्तरणको अभियानमा आवश्यक समग्र सूचना प्रविधि पूर्वाधार व्यवस्थापनका साथै सूचना प्रविधि प्रणालीहरूको प्रभावकारी कार्यान्वयन तथा अन्तरआवद्धताको लागि मानकीकरण, आर्किटेक्चर विकास, अनुगमन, मूल्याङ्कन तथा समन्वय गर्नेगरी यो कार्यालय २०८३ भाद्र १ गतेदेखि वर्तमान स्वरुपमा अस्तित्वमा आएको छ। विषयगत तथा कार्यगत विशिष्टीकरण हुनेगरी यस कार्यालय अन्तर्गत निम्नानुसारका कार्यालय/निकायहरुको समेत ब्यवस्था गरिएको छ ।

१. सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय (Information Technology System Implementation Office)

२. एकीकृत डाटा व्यवस्थापन केन्द्र (Intregated Data Management Center)

3. राष्ट्रिय साइबर सुरक्षा केन्द्र (Nataionl Cyber Sercurity Center)