वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व तृतीया - ३
नागरिक एप मोबाइल, ट्याबलेट , ल्यापटप र डेस्कटपमा चल्ने सेवा-आधारित सफ्टवेयर प्रणाली हो। नागरिक टएप नेपालमा डिजिटल युगको सुरुवात हो। सरकारले आगामी दिनमा यस एपलाई अझ प्रभावकारी बनाउन सकेमा नेपालमा कागजी कागजातहरूको प्रयोगको अन्त्य हुनेछ।सुसासन, विकास र समृद्धिका लागि सरकारले डिजिटल नेपाल निर्माण गर्ने योजना घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम २०७५/७६ मा परिकल्पना गरिएको नागरिक एप डिजिटल नेपालको लागि एक महत्वपूर्ण आधारशिला हुने विश्वास गरिएको छ।नागरिक एपको व्यवस्थित सञ्चालनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले "नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ कार्यान्वयनमा ल्याएको छ।
यस एपमार्फत विभिन्न सरकारी तथा सार्वजनिक निकायका ६७ वटा अनलाइन सेवाहरू जस्तै प्यान दर्ता, प्रहरी चारित्रिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, Traffic Rule violation शुल्क तिर्ने, अनलाईन कक्षा लिने, श्रम सञ्चार, राष्ट्रिय परिचयपत्र, नागरिकता व्यवस्थापन प्रणाली आदि एउटै एपबाट सहज रूपमा प्रदान गर्दै आइरहेको छ, र यो एप सेवा प्रवाह गर्ने गेटवेको रूपमा पनि काम गर्नेछ, जसले गर्दा सरकारी तथा सार्वजनिक निकायका इलेक्ट्रोनिक प्रणालीहरूलाई सेवाको पहुँच स्थापना गर्न अलग-अलग रूपमा आपसमा जोड्नुपर्ने आवश्यकता रहने छैन।