मोबाइल एप्लिकेसन (नेपाल राजपत्र) शुभारम्भ कार्यक्रम

प्रेस-विज्ञप्ति

मिति: २०७४।०६।०४

आज मिति २०७४।०६।०४ गते, बुधवार सूचना प्रविधि विभागद्वारा निर्मित “नेपाल राजपत्र Mobile Application” को उद्दघाटन समारोह माननीय दिपक बोहरा, मन्त्रि विज्ञान तथा प्रविधिको प्रमुख आतित्थयतामा पर्यटन बोर्डको सभा कक्ष, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भयो। उक्त  Mobile Application को उद्दघाटन प्रमुख अतिथि मा. विज्ञान तथा प्रविधि मन्त्रिज्यूले Mobile मा Click गरि गर्नुभयो।

यस Mobile Application को प्रयोग गरी नेपाल सरकारका पुराना तथा नयाँ राजपत्रहरु सजिलै मोबाइलमै पढ्न सकिने र राजपत्रमा प्रकाशित सामाग्रीको बिषय वा प्रकाशन मिति बाट आफूले खोजेको राजपत्र फेला पार्न सकिन्छ। साथै यो Mobile Application लाई  www.rajpatra.gov.np सँग Synchronize गरि कुनै नयाँ राजपत्र प्रकाशित हुनासाथ मोबाईलमा Notification आउने व्यवस्था समेत रहेको छ। चाडै नै यस Mobile Application मा नेपाल सरकारका निकायहरुबाट जारी हुने प्रेस-विज्ञप्ति(Press Release) हरु उपलब्ध हुने व्यवस्था पनि थप गर्ने योजना रहेको छ।यो App गुगलको Play Store मा गई Download गरी Install गर्न सकिनेछ।   

उक्त उद्दघाटन कार्यक्रममा माननीय विराज विष्ट, राज्य मन्त्रि विज्ञान तथा प्रविधि विशेष अतिथि र सूचना तथा सञ्चार सचिव श्रीमान् महेन्द्रमान गुरुङ्ग अतिथि हुनुहुन्थ्यो भने विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले अध्यक्षता गर्नुभएको थियो।साथै सूचना प्रविधि विभागका महानिर्देशक श्री वीरेन्द्र कुमार मिश्रले “नेपाल राजपत्र Mobile Application” को प्रयोग गर्ने तरिका बारे प्रकाश पार्नु भएको थियो ।   

 

सूचना प्रविधि विभाग