वि.सं:
नेपाल संवत: ११४६ कछलागा तृतीया - १८
११ असार, २०८२
श्रीमान् मुख्यसचिवज्यूको संयोजकत्वमा मिति २०८१/०७/०५ गते बसेको सचिवस्तरीय बैठकबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (GIWMS) लाई सबै सरकारी निकायले अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय भएको र एकीकृत डाटा व्यवस्थापन कार्यालय (IDMC) बाट सञ्चालित cPanel मा रहेका सबै वेबसाइटहरू २०८२ असार मसान्त पश्चात बन्द हुने भएकोले सबै सरकारी निकायहरुलाई यथाशिघ्र आफ्नो वेबसाइट GIWMS मा स्थानान्तरण गर्न मिति २०८१ कार्तिक १३ गते सूचना प्रकाशित भएकोमा हालसम्म पनि धेरै निकायहरु GIWMS मा स्थानान्तरण नभएको हुँदा यथाशिघ्र स्थानान्तरण गर्न यो सूचना पुनः प्रकाशित गरिएको छ।
थप जानकारी तथा प्राविधिक सहयोगको लागि:
सूचना प्रविधि विभागको वेबसाइट: www.doit.gov.np
सम्पर्क नं.: ०१-४११२३३४
कार्यालय: सूचना प्रविधि विभाग, काठमाडौँ