परिचय
सूचना प्रविधिको विकाससंगै मानिसहरुमा स्मार्ट फोन, ट्याबलेट वा कुनै अन्य मोबाइल उपकरणको प्रयोग बढ्दो पाइन्छ | स्मार्टफोनको वजारले मानिसहरुलाई कुनै पनि जानकारी प्राप्त गर्न र माग वमोजिम कार्य गर्न सहज बनाएको छ | तसर्थ, स्मार्टफोन र ट्याब्लेटको बिक्री मात्र बढेको छैन, मोबाइल एप्सको विकास र प्रयोग पनि बढ्दो रहेको छ। मोबाइल एप आजको संसारमा धेरै महत्त्वपूर्ण छन् किनभने मोबाइल फोनहरू र अन्य ह्यान्डहेल्ड उपकरणमा आवश्यक सबै जानकारी यस एप मार्फत समावेश गर्न सकिन्छ। मानिसहरुमा सुचनाको सहज पहुँचको लागि यस सूचना प्रबिधि बिभागले आर्थिक वर्ष २०७२/२०७३ बाट मोबाइल एपको विकास गरिरहेको छ जुन Google Play Store र Apple Store बाट सजिलै डाउनलोड गर्न सकिन्छ। यस विभागद्वारा निर्माण गरिएका मोबाइलएप हरु निम्न रहेका छन:
App Name | App(Android) | User Manual(Android) | App(iOS) | User Manual(iOS) |
---|---|---|---|---|
Nepal Government Press Release | Download | Download | Download | Download |
Nepal Government Gazette | Download | Download | Download | Download |
Nepal Government Office/Service Information | Download | Download | Download | Download |
Nepal Hospital Information as per Disease | Download | Download | Download | Download |