परिचय
नेपाल सरकारको विद्युतीय शासनको अवाधारणाको लक्ष्य र उदेश्य प्राप्तिका लागि GEA कार्यन्वयन संरचना भएको र विध्युतीय शासनको लागि यो नै अन्तरास्ट्रिय अभ्यासका लागि सिफारिस गरिएको हुदा GEA ले हार्डवेयर प्रविधि, सूचना व्यवस्थापन प्रणाली विकासको निर्देशक, सुचनाको संरक्षण, सुचनाको अन्तरसंचालन देखि लिएर सो प्रणालीको नियमनलाई पनि समेट्छ |विद्युतीय माध्यमवाट सरकारी कार्य संचालन तथा प्रवर्दन गर्न आवश्यक सूचना प्रविधि प्रणालीको संरचनामा एकरुपता कायम गर्न र सोको मानकीकरण गर्न र त्यस्तो संरचनामा रहेको एक निकायको सूचना र सेवामा अन्य सरकारी निकायको सूचना प्रविधि प्रणालीले आवश्यकता अनुसार पहुँच पुर्याई प्रयोग गर्न सक्ने प्रवन्ध गर्न र तत्सम्बन्धमा अन्य आवश्यक व्यवस्था गर्न वान्छनीय देखिन्छ| “GEA” सरकारी निकायको कार्य विद्युतीय माध्यमवाट एकरूपताका साथ संचालन गर्नको लागि आवश्यक पर्ने सूचना प्रविधिको संरचना प्रयोग गर्ने र त्यस्तो संरचनामा उपलब्ध सूचना तथा सेवामा कुनै सरकारी निकायको पहुचं हुने तथा सो सूचना कुनै सरकारी निकायले प्रयोग गर्न सक्ने गरी तयार भएको नेपाल गभर्मेन्ट इन्टरप्राइजेज आर्किटेक्चर एण्ड इन्टर अपराविलीटी फ्रेमवर्क(Nepal Government Enterprise Architecture and Interoperability Framework)लाई नै बुझिन्छ | सो GEA मा भए अनुसारको दुर दृष्टि , उदेश्य र निर्देशक सिद्धान्तमा आधारित रहेको निर्देशिका अनुसारको सूचना प्रविधि प्रणालीको विकाश र प्रयोग सरकारी विद्युतीयसेवाहरुमा भएको सूचना प्रविधि प्रणालीहरुको व्यवस्थापन र अन्तर समन्वय गर्न सहज हुनेछ |
उदेश्य
सूचना प्रविधि प्रणालीहरुको विकासमा एकरुपता ल्याउन तथा सुचनाको संरक्षण, संग्रह तथा प्रवाहलाई बढी विश्वसनीय, भरपर्दो र अन्तरसंचालन प्रयोग हुन गइरहेको GEA को आवश्यकता र महत्वका वारेमा जानकारी गराई यसको उपयोगको माध्यमवाट विद्युतीय शासन प्रवर्दन मा सहयोग पुर्याउने |
सरकारको सूचना प्रविधि प्रणाली (व्यवस्थापन तथा संचालन) निर्देशिका, २०७१ वमोजिम Government Enterprise Architecture मा आधारित मानक निर्धारणका मार्गदर्शक सिधान्तहरु निम्न बमोजिमको रहेको छ |