साईवर अपराधबाट बच्न ध्यान दिनु पर्ने कुराहरुः
- आफूले प्रयोग गर्ने password गोप्य र अनुमान गर्न नसकिने (जस्तैः अक्षर, अङ्क र स्पेशल क्यारेक्टर सम्मिलित password) राखौं ।
- साथै password नियमित रुपमा परिवर्तन गरौं |
- अनेक प्रलोभन देखाउँदै अपरिचित व्यक्तिबाट आउने ईमेललाई सकेसम्म नखोलौं र प्रतिउत्तर नगरौं |
- साईवर क्याफे जस्तो सबैले कम्प्युटर प्रयोग गर्ने ठाउँबाट सकेसम्म इन्टरनेट बैंकिङ (Internet Banking) जस्ता संवेदनशील कारोबार नगरौं |
- Email र facebook जस्ता social networking site हरु प्रयोग गरीसके पछि लग अफ(log off) गर्न नबिर्सौं |
- विशेष गरि सार्वजनिक स्थलमा इन्टरनेट प्रयोग गर्दा कुनै पनि साइट(site) मा पासवर्डको अभिलेख रहने option हरु (जस्तैः always remember my password, keep me logged in)मा tick नलगाउँ ।
- तपाईको व्यक्तिगत सूचनाहरु जस्तैः पासवर्ड(password)¸ क्रेडिट कार्ड नम्बर र पिनकोड (pincode) मागिएका इमेलहरु को प्रतिउत्तर नगरौँ |
- Social Networking site हरुमा सकेसम्म आफूले चिनेको व्यक्तिलाई मात्र साथीको रुपमा एड (Add) गरौं ।
- अनलाइनमा भेटिएका नयाँ साथीहरु संग communicate गर्दा सावधान रहौं ।
- आफ्नो र आफ्ना साथिहरुका व्यक्तिगत जानकारीहरु सकेसम्म online मा पोष्ट नगरौं ।